कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री विष्टको निधन

पूर्वसूचना तथा सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्टको निधन भएको छ । नेपाली काँग्रेसका नेतासमेत रहेका विष्टको शनिबार राति ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममै निधन भएको हो ।

कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गत जेठ १६ गतेदेखि कर्णाली प्रदेश अस्पतालमा उपचार हुँदै आएको थिए । बिष्टलाई थप उपचारका लागि केही दिनअघि हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो। बिष्टको भेन्टिलेटरमा उपचारत थिए ।

लामो समय कांग्रेस सुर्खेतका सभापति रहेका बिष्ट २०७० सालमा सुर्खेत क्षेत्र नम्बर ३ बाट संविधान सभा सदस्य निर्वाचित भएका थिए। उनी २०७४ मा शेरबहादुर देउवा नेतृत्वको सरकारमा सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनेका थिए।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार