बार्सिलोनामा एक दशक बिताएका अल्बाले क्लब छाड्दै

बार्सिलोनाका रक्षक जोर्डी अल्बाले क्लब छाड्ने पक्कापक्की भएको छ । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाका ३४ वर्षीय लेफ्ट ब्याक अल्बाले यस सिजनको अन्त्यसँगै बार्सिलोना छाड्ने पक्कापक्की भएको हो । उनले बार्सिलोनामा झन्डै ११ बर्ष बिताएका छन् ।

बीबीसी स्र्पोटसका अनुसार बार्सिलोना र अल्बाबीच सम्झौता अन्त्य गर्नका लागि सहमती भइसकेको छ ।

बार्सिलोनाका लागि अल्बाले ६ ला लिगा, पाँच कोपा डेल रे र एक च्याम्पियन्स लिग जिताउनका लागि मुख्य भुमिका खेल्ने खेलाडीको रुपमा अब स्मरण गरिने छ, बार्सिलोनका लागि उनको योगदान अतुलनीय छ, बीबीसीले भनेको छ ।

यस सिजनमाा मात्रै अल्बाले २९ लिग खेल  खेलेका थिए । उनले बार्सिलोनावाट चार सय ५८ खेलमा सहभागी जनाएका थिए । स्पेनिस रक्षक अल्बा सन् २०१२ मा ला लिगाको अर्को क्लब भ्यालेन्सियाबाट बार्सिलोना भित्रिएका हुन् ।

बार्सिलोना छाडन लागेका उनले यसपछि के गर्छन ? त्यो भने खुल्न सकेको छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार