रौतहटमा ७० वर्षीय वृद्धको गोली हानी हत्या

रौतहटमा ७० वर्षीय एक वृद्धको गोली हानी हत्या गरिएको छ । देवाही गोनाही नगरपालिका १ करुनियाका ७० वर्षीय शेख तैयबको गोली हानेर हत्या गरिएको प्रहरीको भनाइ छ ।

बुधबार राति १२ बजेसम्म घरमै रहेका तैयबको शव आज बिहान घरभन्दा एक किलोमिटर टाढा भेटिएको थियो । टाउकोमा गोली लागेर ढलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

तैयबलाई घरबाट लग्ने र गोली प्रहार गर्नेको विषयमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार