पोर्चुगलमाथि जर्मनीको शानदार जित

युरोकप २०२० अन्तर्गत समूह एफको खेलमा जर्मनीले पोर्चुगलमाथि शानदार जित हात पारेको छ । जर्मनीले घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाउँदै पोर्चुगललाई ४-२ ले पराजित गरेको हो ।

खेलमा अग्रता भने पोर्चुगलले लिएको थियो । खेलको १५ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए । तर यसपछि जर्मनीले लगातार चार गोल ग-यो । उसका लागि काइ हाभर्ट्ज र रोबिन गुसेन्सले एक एक गोल गर्दा पोर्चुगलकै डिफेन्डरहरु रुबेन डियास र राफेल गुरेरोले दुई आत्मघाति गोल गरेका हुन् ।

६७ औं मिनेटमा पोर्चुगलका डिएगो योटाले एक गोल थपेपनि हारबाट जोगाउन सकेनन् । पहिलो जितपछि जर्मनीले २ खेलबाट ३ अंक जोडेको छ र नकआउट पुग्ने सम्भावना कायम राखेको छ । जर्मनी पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित भएको थियो । उता पहिलो खेलमा हंगेरीलाई ३-० ले पराजित गरेको साविक विजेता पोर्चुगलको यस संस्करण पहिलो हार हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार