सरकारसँग ५ बुँदे सहमतिपछि विनु यादवले तोडिन् अनशन

विनु यादवले सरकारसँग सहमति भएपछि अनशन तोडेकी छन् । सरकारसँग ५ बुँदे सहमति भएपछि यादवले १५ औं दिनमा अनशन तोडेकी हुन् । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ बुधबार माइतीघरमा पुगेर यादवलाई जुस पिलाएका थिए ।

बुधबार नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयका प्रवक्ता एवम् सहसचिव जितेन्द्र बस्नेतले र विनु यादवले सहमतिमा हस्ताक्षर गरेका छन् । यस क्रममा गृहमन्त्री श्रेष्ठले सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रेम सम्बन्धपछि रामेछापका प्रदीप कठायतसँग विवाह गरेकी विनुले आफूमाथि श्रीमान् र श्रीमान्‌का आफन्तबाटै बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन् । तर न्याय नपाएपछि उनले प्रदर्शन गर्दै आएकी छन् ।

पछिल्लो पटक उनी १५ दिनदेखि माइतीघरमा अनशन बसेकी थिइन् । सर्वोच्च अदालतको गेट अगाडि निषेधित क्षेत्रमा अनशन बसेकी विनुलाई प्रहरीले नियन्त्रणमा लिएर छोडेपछि उनले माइतीघरको सडकमै अनशन बसिरहेकी थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार