ट्रेड युनियन खारेज गर्न र कृषिको विचौलिया बन्द गर्न ज्ञानेन्द्र शाहीको माग

काठमाडौं। राप्रपा प्रवक्ता तथा प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले कर्मचारीहरुको ट्रेड युनियन बन्द गर्न माग गरेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले ट्रेड युनियनका कारण काम हुन नसकेको भन्दै खारेज गर्नुपर्ने बताएका हुन् । साथै कृषि क्षेत्रको विचौलिया बन्द गरेर कृषि क्षेत्रको उत्थान गर्नुपर्नेमा उनले जोड दिए ।

पशुपतिनाथ र लुम्बिनीलाई धार्मिक रुपमा मात्र नहेरेर पर्यटनको रुपमा हेर्ने हो भने विश्वभरका करोडौँ हिन्दु र बौद्ध धर्मावलम्बीहरु नेपाल आउने उनको दाबी छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार