च्याम्पियन बार्सिलोनाको अर्को हार

चार खेल अगावै स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको बार्सिलोनाले उपाधि पछि लगातार दोस्रो हार खेपेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना रियल भालाडोलिडसँग उसैको मैदानमा ३-१ गोलले पराजित भयो ।

एकपक्षीय खेलमा बार्सिलोनालाई हराउन भालाडोलिडका साइल लरिन र गोन्जालो प्लाटाले गोल गर्नुभयो । भालाडोलिडले अर्को गोल भालाडोलिडबाट आत्मघाती उपहा पाएको थियो । बार्सिलोनाका लागि रोबर्ट लेवान्डोस्कीले सान्त्वना गोल फर्काउनुभयो ।

भालाडोलिडले दोस्रो मिनेटमै बार्सिलोनाका आन्द्रेसर क्रिस्टेन्सेनको आत्मघाती गोलबाट अग्रता लिएको थियो । त्यसपछि लरिनले २२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाउनुभयो ।

७३औं मिनेटमा गोन्जालो प्लाटाले गोल गर्दै भालाडोलिडलाई थप बलियो बनाउनुभयो । ८४औं मिनेटमा लेवान्डोस्कीले फ्रान्की डि जोङको पासमा गोल गरेपनि बार्सिलोनाको हार टरेन ।

जितसँगै ३६ खेलबाट ३८ अङ्क बनाएको भालाडोलिड १७औं स्थानमा उक्लिदै रेलिगेसन रेखा छलेको हो । च्याम्पियन बार्सिलोनाको समान खेलबाट ८५ अङ्क छ । बार्सिलोना यस अघिल्लो खेलमा रियल सोसिडाडसँग २-० गोलले पराजित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार