जगदम्बा स्टिलको कारखानामा आगलागी हुँदा २ मजदुरको मृत्यु, ३ जना घाइते

बाराको जगदम्बा स्टिल कारखानामा आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ भने अन्य ३ जना नेपाली घाइते भएका छन् । बाराको जितपुर सिमरा उपहानगरपालिका–२ मा रहेको कारखानामा आगलागि हुँदा बिहार पश्चिम चम्पारण जिल्लाका ४० वर्षीय प्रदीप गोण र बिहार सिवान जिल्लाका ४५ वर्षीय रामनाथ महतोको मृत्यु भएको हो ।

यस्तै घाइते हुनेमा रामकुमार विश्वकर्मा, इन्द्रप्रसाद अधिकारी र नवराज चौंलागाईं रहेका छन्। घाइतेहरुको उपचार वीरगन्जको तराई अस्पतालमा उपचार भइरहेको छ । शनिबार राति ८ बजे पेट्रोल र डजेल भण्डारण गर्ने ट्यांकी वेल्डिङ गरिरहँदा आगलगी भएको हो ।आगलगीबाट भट्टीमा क्षति भएपनि प्राविधिक अभावले क्षति विवरण एकिन हुन सकेको छैन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार