हेलम्बुमा क्षति: भारतीय र चिनियाँसहित २३ जना अझै बेपत्ता (सूचीसहित)

असार १ गते सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ सेमेसिदाङ हिमाल मुनी रहेको भेमाथाङ चौरमा गएको पहिरो र त्यसपछि आएको बाढीमा परी हालसम्म २३ जना वेपत्ता रहेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाले शनिबार विज्ञप्ति निकालेर चार महिलासहित २३ जना बेपत्ता भएका हुन् । त्यसमध्ये मेलम्ची खानेपानी आयोजनामा कार्यरत तीन भारतीय र तीन चिनियाँ नागरिक छन् ।

गाउँपालिकाका अनुसार बाढीमा परी वेपत्ता हुनेहरुको संख्या अझ बढ्ने अनुमान गरिएको छ ।

यसैबीच गाउँपालिकाले पहिरो र बाढी आउने सम्भावना कायमै रहेको भन्दै सतर्क हुन अपिल गरेको छ ।

हेलम्बु-१ स्थित सेमेसिदाङ हिमालमुनी रहेको भेमाथाङ्ग चौरमा पहिरो खसेपछि मेलम्ची थुनिएको र त्यसले गर्दा मेलम्चीमा बाढी आएको जानकारी विपद् विज्ञ डा. रविनराज निरौलाबाट प्राप्त भएको गाउँपालिकाले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार