सामाजिक सञ्जालमार्फत आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै आन्दोलनमा उत्रिए नर्सहरु

सामाजिक सञ्जालमार्फत आफुहरुको चरित्र हत्या गर्न खोजिएको भन्दै नर्सहरू आन्दोलित भएका छन् ।  विभिन्न बहानामा नर्सहरूलाई चरित्र हत्या गर्न खोजिएको, दमन गर्न खोजिएको र काम अनुसारको सेवा सुविधाबाट वञ्चित गरिएको भन्दै भन्दै काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।

उनीहरुले कसैको चरित्र हत्या गर्न पाइँदैन, नर्सहरूमाथिको दमन आखिर कहिलेसम्म, के नर्सहरूमाथि अत्याचार गर्न पाइन्छ ? नर्स क्षेत्रमा सुरक्षा प्रत्याभूति गरियोस् लगायतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

त्यस्तै प्रदर्शनमा सहभागीहरूले सामाजिक सञ्जालमा नर्सहरूको चरित्र हत्या गर्ने भिडियो सार्वजनिक भएको र यसले समग्र पेशा नै बदनाम गर्न खोजिएको गुनासो गरेका छन् .

उनीहरुले केही व्यक्ति गलत हुनसक्ने भएपनि समग्र नर्सिङ पेशा गलत नभएको जनाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार