कोरोना अपडेट: थप २ हजार ४०१ जनामा संक्रमण, ३४ जनाको मृत्यु

नेपालमा शनिबार थप २ हजार ४ सय १ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार १० पिसिआर र ४ हजार ६८६ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ४०१ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४५ हजार २०९ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३४ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ६७५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ३ हजार ६६० संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ५ लाख ५३ हजार ३४२ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३२ लाख ६२ हजार ५८९ वटा नमुनाको पीसीआर र १ लाख ३८ हजार ३१३ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार