मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, बजार उच्च जोखिममा

सोमबारदेखिको अविरल वर्षाका कारण मनाङको सदरमुकाम चामे नजिकै मर्स्याङ्दी नदी थुनिएको छ ।

चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मर्स्याङ्दी नदीमा पहिरो खस्दा बहाव पूर्णरूपमा थुनिएको जिल्ला प्रसाशन कार्यालय मनाङले जनाएको छ । जसले गर्दा चामे बजार र त्यहाँ जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए ।

चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि मर्स्याङ्दी नदी थुनिँदा पानी जमेर ठूलो ड्याम बनेको छ । प्रजिअ लामिछाने भने, ‘अहिले यहाँ निरन्तर वर्षा भइरहेको छ, चामेबजार जाने ठूलो पुल नजीक पहिरो खस्दा मस्र्याङ्दी नदी थुनिएको छ, नदी थुनिँदा पानीको सतह झन्झन् बढ्दै गएको छ, जोखिम झनै बढेको छ,’ चामेको बजार क्षेत्र हुँदै झरेको घट्टेखोलाले ढुङ्गामाटो र काठदाउरा बगाएर ल्याएपछि नदी थुनिएको हो ।’

थुनिएको नदी नेपाली सेनामार्फत बम विस्फोट गराएर खुलाउने तयारी गरिएपनि पानी निरन्तर परिरहेकाले समस्या उत्पन्न भएको प्रशासनले जनाएको छ । प्रशासनले चामे क्षेत्रका स्थानीयवासीलाई सतर्क रहन भनेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार