पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प

पूर्वीरुकुमको हुकाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र (लैनचौर) का अनुसार पूर्वीरुकुमको हुकामगाउँ वरपर केन्द्रबिन्दु भएर आज बिहान २:५९ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रबिन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको थियो ।

नेपालको हिमाली तथा पहाडी क्षेत्रलाई भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार