राष्ट्रसङ्घद्वारा म्यानमारको सेनामाथि हतियार प्रतिबन्ध लगाउने प्रस्ताव पारित

संयुक्त राष्ट्रसङ्घले म्यानमारमा यो वर्ष भएको सैन्य कूको प्रतिक्रियास्वरूप उक्त देशको सेनालाई हतियार आपूर्ति नगर्न अरूलाई आग्रह गरेको छ। त्यस्तो आग्रहलाई विरल मानिन्छ।

राष्ट्रसङ्घको महासभाले एउटा प्रस्ताव पारित गर्दै फेब्रुअरीमा देशको निर्वाचित सरकारलाई सत्ताच्युत गर्ने सेनाको कदमको निन्दा गरेको छ।

राष्ट्रसङ्घले निर्वाचित नेत्री आङ सान सू चीसहितका राजनीतिक बन्दीलाई मुक्ति  गर्न र शान्तिपूर्ण प्रदर्शनकारीविरुद्ध हिंसक दमन बन्द गर्न आह्वान पनि गरेको छ। कानुनी रूपमा बाध्यकारी नभए पनि राष्ट्रसङ्घको प्रस्तावलाई राजनीतिक रूपमा महत्त्वपूर्ण मानिन्छ।

 म्यानमारका लागि राष्ट्रसङ्घीय विशेष दूत क्रिस्टिन श्नानर बुर्गनरले भनिन्, “साँच्चिकै ठूलो गृहयुद्धको जोखिम छ। ढिलो भइसकेको छ। सैन्य कदमलाई फिर्ता गर्ने अवसर साँघुरो भइरहेको छ।”

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार