कोपा अमेरिकामा उरुग्वेलाई हराउँदै अर्जेन्टिना शीर्षस्थानमा

दक्षिण अमेरिकी कोपा अमेरिका कपमा उपाधि दावेदार अर्जेन्टिनाले समूह चरणमा पहिलो जित निकालेको छ । अर्जेन्टिनाले अर्को उपाधि दावेदार उरुग्वेलाई १–० ले पराजित गरेको हो ।

ब्रासिलियामा शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाको जितमा गुइडो रोड्रिग्वेजले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले लियोनल मेस्सीको पासमा खेलको १३औं मिनेटमा गोल गरेका थिए ।

जितपछि अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलबाट ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान ४ अंक भएपनि चिली हेड टु हेडमा दोस्रो स्थानमा रहेको छ । पाराग्वे ३ अंहसहित तेस्रो स्थानमा रहँदा अंकविहीन उरुग्वे र बोलिभिया चौथो र पाँचौ स्थानमा रहेको छ ।

यसअघि भएको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।उरुग्वेको यो पहिलो खेल हो । यसअघि आजै बिहान पौन ३ बजे भएको खेलमा चिलिले बोलिभियालाई १—० ले पराजित गरेको छ । बोलिभिया पहिलो खेलमा पाराग्वेसँग पनि पराजित भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार