स्कटल्यान्ड र इंग्ल्यान्डको गोलरहित बराबरी

युरोपेली च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको स्कटल्यान्ड र इंग्ल्यान्डको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।

खेलको ११ औं मिनेटमा जोन स्टोन्सको हेडरमा क्रसबार बाधक बन्दा इंग्ल्यान्डले अग्रता लिन सकेन । मेसन माउन्टको कर्नरमा ६ यार्ड बक्स भित्रबाट फ्री हेडर पाएका स्टोन्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो । लगत्तै माउन्टको प्रहारले गोलको दिशा लिन सकेन ।

समूह ‘डी’ मा रहेको इंग्ल्याण्डको दुई खेलमा चार अंक भएको छ । स्कटल्यान्डले भने दुई खेलमा एक अंक जोडेको छ ।

यस बराबरीसँगै चेक रिपब्लिक नै समूहको शीर्ष स्थानमा कायम रहेको छ । चेक र इंग्ल्यान्डको समान ४-४ अंक छ भने क्रोएसिया र स्कटल्यान्ड १-१ अंकसहित तेस्रो र चौथो स्थानमा छन् । समूहको अन्तिम खेलमा क्रोएसिया र स्कटल्यान्ड तथा इंग्ल्यान्ड र चेक रिपब्लिक खेल्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार