मेलम्चीमा फेरि आयो बाढी

मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो भएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ ।

मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् । पानीको सतह माथि आएकाले दोलालघाटको पुल पनि जोखिममा रहेको छ भने हेलम्बुमा एउटा झोलुंगे पुल बगाएको छ ।

नदी आसपास रहेका खाली घरहरूलाई भने बाढीले क्षति पुर्‍याउन सक्ने आँकलन गरिएको छ । यस्तै आवश्यक सतर्कता अपनाउन प्रहरीले स्थानीयलाई अनुरोध गरेको छ । त्यस्तै भोटेकोसी नदीमा पनि पानीको बहाव बढेको छ ।

३ दिन अघि मेलम्ची तथा याङ्ग्री र लार्के नदीमा आएको भीषण बाढीले हेलम्बु तथा मेलम्ची क्षेत्रमा ठूलो जनधनको क्षति पुर्याएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे क्षेत्रमा भोटेकोशी नदीको बाढीले खतराको तह पार गरेको संकेत गर्दै सर्तक रहन प्रहरीले आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार