अभिनेता आमिर खानलाई कोरोना संक्रमण

पछिल्लो केही समययता भारतमा कोरोना भाइरसको संक्रमण बढ्दो मात्रामा छ । यही बढ्दो संक्रमणका बीच बलिउड अभिनेता आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणपछि उनी क्वारेन्टाइनमा बसेको उनका प्रवक्ताले बताएका छन् । उनले भनेका छन्, ‘आमिर खानलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टाइनमा बसी प्रोटोकल फलो गरिरहेका छन् ।’

अमिरलाई कोरोना देखिएपछि चलचित्र ‘लाल सिंह चड्डा’ को छायांकन समेत प्रभावित भएको छ । उनी सो चलचित्रका मुख्य कलाकार हुन् । अमिर अब संक्रमण मुक्त भएपछि मात्र चलचित्रको बाँकी छायांकन हुने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार