आईसीसी लिग २ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट

नेपाल क्रिकेट संघ९क्यान०ले आईसीसी क्रिकेट विश्वकप लिग डिभिजन –२ को तयारी स्वरुप बन्द प्रशिक्षणका लागि खेलाडी छनोट गरेको छ । संघका सचिब अशोक नाथ प्याकुरेलले बन्द प्रशिक्षणका लागि २० जना खेलाडी चयन गरिएको जानकारी दिएका छन् ।

नेपालले लिग डिभिजन–२ अन्तगर्तको खेल स्पनेमा खेल्नेछ । प्रतियोगिता अन्तगर्त नामीबिया र स्कटल्याण्ड सम्मिलित त्रिकोणात्मक एकदिबसीय खेल हुनेछ । यसअघि उक्त खेल स्कटल्याण्डमा हुने निर्धारण गरिएको भएपनि कोभिड १९ को प्रकोपको कारण खेल सम्भब हुन सकेन । तटस्थ भूमिमा खेलको आयोजना हुन लागेको हो । यद्दपी आईसीसीले अझै खेल तालिका सार्बजनिक गरिसकेको छैन् ।

क्यानले जारी गरेको सूचीमा नियमित कप्तान ज्ञानेन्द्र मल्ल, कुशल भुर्तेल, आरिफ शेख, पारस खडका, दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, कुशल मल्ल, बिनोद भण्डारी, करण केसी र सन्दीप लामिछाने छन् ।

त्यसैगरी, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सन्दीप जोरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर, बिक्रम सोब, पवन सर्राफ र पृथु बाँस्कोटा टोलिमा अटाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार