नेपालमा शुक्रबार २ हजार ७६८ संक्रमित थपिए, ४४ जनाको मृत्यु

नेपालमा शुक्रबार थप २ हजार ७ सय ६८ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ५६९ पिसिआर र ५ हजार ४६८ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ७६८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४२ हजार ८०८ पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ६४१ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ४ हजार २० संक्रमित निको भएका छन् भने हालसम्म नेपालमा ५ लाख ४९ हजार ६८२ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३२ लाख ५५ हजार ५७९ वटा नमुनाको पीसीआर र १ लाख ३३ हजार ६२७ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार