मेलम्ची बाढीपीडितलाई आयल निगमले दियो ग्यास सिलिण्डर र चुल्हो

नेपाल आयल निगमले मेलम्ची बाढीपीडितका परिवारलाई ग्यास सिलिण्डर र चुल्हो सहयोग गरेको छ ।

मेलम्ची र हेलम्बुका बाढीपीडितलाई निगमले एक/एक थान सिलिण्डर, ३० वटा चुल्हो र केही खाद्यान्न सामग्री सहयोग गरेको प्रवक्ता विनितमनी उपाध्यायले जानकारी दिए ।

सिन्धुपाल्चोक जिल्ला समन्वय समितिको अनुरोधमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव एवं निगम सञ्चालक समितिका अध्यक्ष दिनेश भट्टराई, निगमका पदाधिकारी र ट्रेड युनियनका पदाधिकारीहरूले सो राहत हस्तान्तरण गरेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार