एनएमबि बैंकको बचतमा सर्वाधिक ब्याज, अनलाईनबाटै खाता खोल्न सकिने

एनएमबि बैंकले निक्षेपमा सबैभन्दा बढी ब्याज प्रदान गरिरहेको जनाएको छ । एनएमबि बैंकले अहिले बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको छ जुन वाणिज्य बैंकहरुले प्रदान गरिरहेको मध्येकै सर्वाधिक ब्याज भएको बैंकले दाबी गरेको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ ।

हाल साना निक्षेपकर्तालाई बचतमा न्युन ब्याज प्राप्त भई लगानीको प्रतिफल संतोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा सबैभन्दा बढी ब्याज प्रदान गरीरहेकोे बैंकले जनाएको छ ।

‘हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित रहेकोे देखिएता पनि एनएमबिले भने स–साना निक्षेपकर्ताहरुलाई मर्का नपरोस भन्ने उद्देश्यले बचतमा अधिकतम ब्याजको योजना अघि सारेको हो’ बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले हाल देशभरी १८१ शाखा, १३७ एटीएमहरू, ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेका छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार