निशानले नेपालमा विद्युतीय गाडी लिफ ल्याउँदै

निशान कम्पनीले ४०० किलोमिटर गुड्ने विद्युतीय गाडी निशान लिफ नेपालमा ल्याउने भएको छ । नेपालको आधिकारिक वितरक पायोनियर मोटोकर्पले आगामी अगस्टमा निशान लिफलाई नेपाली बजारमा ल्याउने तयारी गरेको छ ।

पहिलो चरणमा निशानको एउटा मात्र भेरियन्ट नेपाल भित्रिने कम्पनीका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दले बताए । उनका अनुसार ४० किलोवाट ब्याट्री र ११० किलोवाटको मोटरका साथ उपलब्ध हुनेछ । लिफ गाडीलाई फुल चार्ज गर्न होम चार्जिङमा १८ घण्टा र फास्ट चार्जिङमा ७ घण्टा ३० मिनेट लाग्ने बताइएको छ ।

फूल चार्ज भएपछि यो गाडी ४०० किलोमिटरसम्म गुड्न सक्ने उनले जानकारी दिए । सुरुआतमा १०० भन्दा धेरै सङ्ख्यामा जापानबाट नेपाल भित्र्याइने यो गाडी ग्राकहका लागि आठवटा रङमा उपलब्ध हुने चन्दले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार