स्वास्थ्यमा सुधार भएपछि सत्‍यमोहन जोशी अस्पतालबाट डिस्चार्ज

संस्कृतिविद् सत्यमोहन जोशी उपचार गराएर घर फर्केका छन् । ललितपुरको किष्ट अस्पतालमा ९ दिन उपचार गरेर शुक्रबार जोशी घर फर्केका हुन् । अस्पतालले शुक्रबार एक प्रेस विज्ञप्ति निकालेर जोशीको स्वास्थ्य अवस्था सामान्‍य भएकाले उनलाई चिकित्सकको सल्लाहमा डिस्चार्ज गरिएको जानकारी दिएको छ ।

श्वासप्रश्वास, छातीको संक्रमण र मुटुको चालमा गडबडी देखिएपछि उपचारका लागि जोशीलाई अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हाल डा। जोशी ज्‍यूको स्वास्थ्यमा सुधार भइ उहाँ हिड्‌डुल गर्न सक्‍नु हुनु भएको छ । अस्पतालको बसाइको क्रममा उहाँको खानपिन सामान्‍य नै रहेको थियो । पल्मोनोलोजी कार्डिक तथा जेरियट्रिक फिजिसियनबाट समेत उहाँको अवस्था सुधारात्मक रहेको कुरा जानकारी भएकाले चिकित्सकको सल्लाह बमोजिम उहाँलाई शुक्रबार डिस्चार्ज गरिएको छ।’

गत जेठ २६ मा जोशी अस्पताल भर्ना भएका थिए । जोशीलाई निमोनिया पनि देखिएको थियो । किष्ट अस्पतालले जोशीको नि:शुल्क उपचार गर्दै आएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार