जसपा यादव पक्ष आधिकारिकता दावी गर्न निर्वाचन आयोगमा

पार्टीको आधिकारिकताको दाबी गर्दै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव पक्ष निर्वाचन आयोग पुगेको छ । राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्थाअनुसार आधिकारिकता दाबी गर्न अध्यक्ष यादवसहित अशोक राई, राजेन्द्र श्रेष्ठ, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत लगायत आयोग पुगेका हुन् ।

हिजो अर्थात् गत बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको थियो । सत्ता समीकरणका लागि दुई पक्षमा भएको विवादका कारण जसपा दुई चिरा भएको छ । एउटा पक्षको नेतृत्व अध्यक्ष महन्थ ठाकुरले गरिरहेका छन् भने अर्कोको नेतृत्व यादवले गरिरहेका छन् । दुवै पक्षले एक अर्कालाई कारवाही गरेर पार्टीबाट निकालेपनि निर्वाचन आयोगले मान्यता नदिएपछि उपेन्द्र यादव पक्षले पार्टीकै आधिकारिकताका लागि निर्वाचन आयोग जाने निर्णय गरेको हो ।

यसअघि ठाकुर पक्ष र यादव पक्षले एक अर्कालाई कारबाही गरेको जानकारी निर्वाचन आयोगमा बुझाएको थियो । यादवले बहुमत कार्यकारिणीको हस्ताक्षरसहित कारबाहीको पत्र बुझाएका थिए भने ठाकुर पक्षले यादवलाई कारबाहरीको पत्र मात्रै आयोगमा बुझाएको थियो ।

तर आयोगले दुवै पक्षको मागलाई अस्वीकार गरेको थियो । यद्यपि आज पुनः राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ अनुसार वैधानिकता दाबी गर्दै आयोगमा निवेदन दिन लागेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार