पेरुमाथि ब्राजिलको सानदार जित

कोपा अमेरिका फुटबल प्रतियोगितामा ब्राजिलले लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार बिहान सकिएको खेलमा आयोजक ब्राजिलले पेरुलाई ४-० गोलले पराजित गर्‍यो ।

ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेइमार, एभर्टन रिबेइरो र रिचार्लिसनले एक/एक गोल गरे । खेलको १२ मिनेटमा ब्राजिलले अग्रता लिएको थियो । ब्राजिलका लागि एलेक्स सान्द्रोले पहिलो गोल गरे ।

६८ मिनेटमा ब्रालिलले अग्रता दोब्बर पार्यो । नेइमारले डिबक्स बाहिरबाट सुन्दर गोल गरेका थिए । फ्रेडले उपलब्ध गराएको पासमा नेइमारले २० यार्ड टाढाबाट आकर्षक गोल गरेका हुन् ।

खेलको ८९ मिनेटमा ब्राजिलले तेस्रो गोल गरे । रिचार्लीसनको पासमा एभर्टन रिबेइरोले गोल गरे । उनले ब्राजिलका लागि पहिलो अन्तर्राष्ट्रिय गोल गरेका हुन् ।

दोस्रो हाफको इन्जुरी टाइमको तेस्रो मिनेटमा रिचार्लीसनले ब्राजिलका लागि चौथो गोल गरे । फिर्मिनोको प्रहारलाई पेरुका गोलकिपरले फर्काएका थिए । रिबाउन्डमा रिचार्लीसनले गोल गरे ।

समूह ‘बी’ मा लगातार दोस्रो खेलमा जित हात पारेसँगै ब्राजिलले ६ अंक जोडेको छ । दोस्रो स्थानको कोलम्बियाको ४ अंक छ ।

शुक्रबार बिहान भएको अर्को खेलमा कोलम्बिया र भेनेजुएलाले गोलरहित बराबरी खेले ।

यसअघि ब्राजिलले पहिलो खेलमा भेनेजुएलालाई ३(० गोलले हराएको थियो । अब ब्राजिलले समूहको तेस्रो खेलमा कोलम्बियासँग प्रतिस्पर्धा गर्नेछ ।

Loading...