आज पनि १२ सय रुपैयाँले घट्यो सुनको मूल्य

केही दिन यता नेपाली बजारमा लगातार ओरालो लागेको सुनको मूल्य आज पनि १२ सय रुपैयाँले घटेको छ ।

बिहीबार एकै दिन ११ सय रुपैयाँले घटेको सुनको मूल्य शुक्रबार पनि तोलामा एक हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मुल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।

महासंघका अनुसार आज यता तेजावी सुनको मूल्य समेत सोही दरमा घट्दै प्रतितोला ९० हजार ३०० रुपैयाँ कायम भएको छ ।

त्यसो त नेपाली बजारमा चाँदीको मूल्य पनि घटिरहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घट्दै एक हजार ३०५ रुपैयाँमा झरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार