गण्डकी प्रदेशका मुख्यमन्त्री पोखरेलले आज विश्वासको मत लिँदै

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज विश्वासको मत लिँदै छन् । आज विहान ११ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।

गण्डकी प्रदेशका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल जेठ २९ गते प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । प्रदेश प्रमुख सीता पौडेलले उनलाई संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्री नियुक्त गरेकी थिइन् ।

संविधानको धारा १६८ (५) अनुसार नियुक्त मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार पोखरेलले आज विश्वासको मत लिन लागेका हुन् ।

नेता पोखरेल नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी र एक स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । विश्वासको मत लिएपछि मात्रै सदनमा बजेट माथिको छलफल सुरु हुने बताइएको छ । मंगलबार गण्डकी प्रदेश सरकारले बजेट प्रस्तुत गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार