मेडिसिटी अस्पताल भन्छ : रबिको चालकको दिमागमा जताततै रगत देखियो

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक शम्भु थापाको आज अन्त्येष्टि गरिदैछ । लामिछानेका प्रमृुख सहयोगी दीपक बोहराका अनुसार थापाको बिहान १० बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिन लागिएको हो । चालक थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको थियो।

सभापति लामिछाने चुनावी प्रचार क्रममा चितवन पुगेका थापा वैशाख ४ गते छतबाट खसे पछि हेलिकप्टरबाट काठमाडौं ल्याएर मेडिसिटीमा उपचार सुरु गरिएको थियो । चालक थापाको झन्डै डेढ महिना देखी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

मेडिसिटी अस्पतालले यसो भन्छ:

ललितपुर स्थित नेपाल मेडिसिटी अस्पतालमा आज मिति २०८० साल वैशाख १९ गते मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टिका अध्यक्ष श्री रवि लामीछानेका चालक बताइएका वर्ष ३९ का श्री दिल बहादुर थापाको दिउँसो १ बजेर ३५ मिनेटमा निधन भएको छ । गम्भीर चोट पछि चितवनमा केहि दिन उपचार गरी थापालाई गत वैशाख ५ गते हेलिकोप्टरबाट उद्धार गरी नेपाल मेडिसिटीमा थप उपचारका लागि ल्याइएको थियो ।

नेपाल मेडिसिटी अस्पतालको स्नायु तथा नसाशल्यचिकित्सा विभागका प्रमुख प्रा‍।डा। गोपालरमण शर्माका अनुसार थापालाई अस्पताल ल्याउँदा त्चबगmबतष्अ द्यचबष्ल क्ष्लवगचथ धष्तज म्षागकभ क्गदबचबअजलयष्म ज्झयचचजबनभ धष्तज क्ष्लतचबखभलतचष्अगबिच भ्हतभलकष्यल अर्थात अतिनै जटिल किसिमको चोट दिमागमा लागी रगत जताततै छरिएको अवस्था रहेको थियो । थप जाँचका क्रममा उनको मृगौला, मुटु तथा शरिरका अन्य भागमा समेत असर परिसकेको जानकारी प्राप्त भएको थियो । रक्तचापलाई सन्तुलनमा ल्याउदै उनको भेन्टिलेटरमा राखी मल्टि डिस्सीप्लीनरी टिमबाट उपचार भइरहेको थियो । चिकित्सकको अथक प्रयास र विभिन्न उपचारका बावजुत पनि थापाको स्वास्थ्यमा सुधार नदेखिएको अवस्थाका बिच उनको मंगलबार मृत्यु भएको जानकारी अस्पताले गराउन चाहन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार