लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाए विश्वासको मत

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।

लुम्बिनी प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन गरेको प्रस्तावको पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । चार सिट रहेको राप्रपा तटस्थ बसेको छ ।

गत शुक्रबार मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका चौधरीले आइतबार प्रदेशसभा सचिवालयमा विश्वासको मत लिने सम्बन्धी पत्र दर्ता गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार