कोरोना अपडेट: २ हजार ६०७ जनामा संक्रमण पुष्टि, ३९ जनाको मृत्यु

नेपालमा बिहीबार थप २ हजार ६ सय ७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको ७ हजार ७११ पिसिआर र ४ हजार ७७३ एन्टीजेन परिक्षणका क्रममा थप २ हजार ६०७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ४० हजार ४० पुगेको छ ।

त्यस्तै कोरोनाका कारण थप ३९ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ५९७ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप २ हजार १४१ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख ४५ हजार ६६२ जना संक्रमित निको भएका छन् । नेपालमा हालसम्म ३२ लाख ४८ हजार १० वटा नमुनाको पीसीआर र १ लाख २८ हजार १५९ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार