म्यानमारमा सेनाले हानेको गोली लागेर सात वर्षीया बालिकाको मृत्यु

म्यानमारमा सेनाले हानेको गोनी लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको छ । सैन्य शासनविरुद्ध चलिरहेको आन्दोलनमा ज्यान गुमाउने उनी सबैभन्दा कम उमेरकी व्यक्ति हुन् । सत्ता हातमा लिएर सैनिक कू गरेको सेनाले आन्दोलन दबाउन प्रदर्शनकारीमाथि गोली चलाउने क्रममा मन्डलेस्थित आफ्नै घरमा बसिरहेकी उनको मृत्यु भएको हो ।

स्थानीय सञ्चारमाध्यमका अनुसार सुरक्षाकर्मीले गत सोमबार उनका बुवालाई लक्षित गरेर गोली हाने पनि काख बसेकी छोरीलाई लागेको बताएका छन् । गोली लागेर घाइते ती बालिकाको उपचारका क्रममा मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । साथै उनका १९ वर्षीय दाइलाई पनि सेनाले पक्राउ गरेको छ । उनलाई पनि घरबाटै पक्राउ गरिएको जनाइएको छ ।

सेभ द चिल्ड्रनका अनुसार मनमारमा सैन्य शासन लागू भएयता २० जना बालबालिकाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म आन्दोलनका क्रममा १ सय ६४ जनाको मृत्यु भएको म्यानमारको सेनाले जनाएको छ । गत १९ माघमा सेनाले जननिर्वाचित नेत्री आङ सान सु चीसहित अन्य नेता र मन्त्रीहरूलाई नियन्त्रणमा लिएर सत्ता आफ्नो हातमा लिएको थियो । सेनाले सत्ता हातमा लिएयता बर्मामा दैनिक प्रदर्शन भइरहेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार