खुल्यो पहिरोले थुनिएको अरुण नदी

विराटनगर – अरुण तेश्रो आयोजनाको ड्याम साइटमा खसेको सुक्खा पहिरोले थुनिएको नदी खुलेर वहन थालेको छ।

आइतबार मकालु गाँउपालिका–३ नयाँ बस्तीबाट सुख्खा पहिरो खसेपछि डाइभर्सन टनेल थुनिएर नदी ताल बनेको थियो। तर दिउँसोबाट थुनिएको नदी अहिले आफ्नै बहावमा फर्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी वीरेन्द्र गोदारले जानकारी दिए।

उनका अनुसार सो स्थानमा कुनै क्षति भएको छैन। थुनिएको नदी बहन थालेकाले र हाल कुनै जोखिम नभएको मकालु गाँउपालिकाका अध्यक्ष वाङछेदर भोटेले जानकारी दिए। पुनः ड्याम खस्ने सम्भावना मध्यनजर गर्दै सम्पूर्णमा जोखिमबारे जानकारीसमेत गराइसकेको उनले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार