इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक र पछिल्लो समय निकै लोकप्रिय बनेको मोबाइल गेम पब्जीबीच आइतबार सम्झौतामा हस्ताक्षर भएको छ। काठमाडौंमा आयोजित कार्यक्रमबीच समझदारीमा वर्ल्डलिंका प्रमुख कार्यकारी अधिकृत (सीइओ) केशव नेपाल र पब्जी मोबाइल निर्माता कम्पनी टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता पर्थ शर्माले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि वर्ल्डलिंक र पब्जीले नेपालमा यस गेमलाई थप परिस्कृत र खेलाडीहरुले राम्रो अनुभव पाउने वर्ल्डलिंकका सीइओ नेपालले जानकारी दिए।
‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा नेपाली गेमिङ समुदायको आवश्यकताहरुलाई सम्बोधन गर्नुपर्ने छ। उनीहरुको गेमिङ जोशलाई अझै सशक्तरुपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अघि बढ्नुपर्छ,’ नेपालले भने।
उक्त साझेदारीलाई नेपालको मोबाइल गेमिङ विकास र विस्तारमा अभुतपूर्व कदम भएको जिकिर दुवै कम्पनीको छ।
टेन्सेन्टको दक्षिण एसिया पब्लिसिङका सहायक निर्माता शर्माले मोबाइल गेमिङ इकोसिस्टमलाई नै विकास गर्न आफूहरुको नजरमा नेपाल रहेको बताएका छन्।
उनले खेलाडी तथा प्रतिभाहरुले ग्लोबल स्पोर्ट्स इभेन्टहरुमा प्रतिस्पर्धा गरिहेको स्मरण गराउँदै वर्ल्डलिंकसँगको साझेदारीले यसको विकासमा थप मद्दत पुग्ने उनले बताए।
नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै जाँदा पब्जीले नेपालमा वर्ल्ड लिंकसँग औपचारिक सहकार्य थालेको हो । पब्जीका अनुसार नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।
टेनटेक साउथ एसिया पब्लिसिङले पनि इकोसिस्टम परिवर्तनसँगै मोबाइल गेमिङको लागि नेपाल प्रमुख क्षेत्र बनेको बताएको छ ।
उसका अनुसार पब्जी खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएको पीएमजीसीमा डीआरएस, डेडआइज गाइज, स्काइलाइट्न गेमिङ र टीटूकेजस्ताले गरेको प्रदर्शनले नेपालमा पब्जीको प्रवर्द्धनको सम्भाव्यता देखाएको छ ।