वीर अस्पतालको छतकाे पर्खाल भत्किँदा चार जना घाइते

काठमाडौं । वीर अस्पतालको पुरानो भवनमाथिको पर्खाल भत्किँदा चार जना सामान्य घाइते भएका छन् । लगातारको वर्षाको कारण पुरानो ईंट्टाको पर्खाल मक्किएर भत्किएको हो ।

अस्पताल स्रोतका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरुलाई लागेको थियो । तल्लो तल्लाको टिनमा लागेर तल खसेकाले गम्भीर चोट भने नलागेको बुझिएको छ ।

घाइतेहरु खतरामुक्त रहेको अस्पतालका कार्यकारी निर्देशक सन्तोष पौडलले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार