भोलिसम्ममा महावीर पुनको माग पुरा गर्ने सरकारको प्रतिबद्धता

'आज साँझ पुन वार्ता गरी समस्या समाधान गरिने'

काठमाडौँ । राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनको माग सोमबारसम्ममा पुरा गर्ने सरकारले प्रतिबद्धता जनाएको छ ।

आइतबार सिंहदरबारमा भएको वार्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै पुनले सकेसम्म आज साँझसम्ममा सहमति खोज्ने र नभए भोलिसम्ममा सहमति जुटाएर माग पुरा गर्नेगरी वार्ताबाट निर्णय भएको बताए ।

‘प्रधानमन्त्रीज्यूको निर्देशनअनुसार उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काज्यूको अफिसमा हामीलाई बोलाउनु भयो । हाम्रो मागका बारेमा सल्लाह सुझावहरु माग्नुभयो’, पुनले भने ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कारको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने माग गर्दै पुन शुक्रबारबाट अनिश्चितकालीन धर्नामा थालेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार