के सरकारमा सहभागी हुँदै छ रास्वापा ?

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बिहान भएको भेटवार्तामा द्विपक्षीय छलफल भएको बताइएको छ।

भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले सभापति लामिछानेलाई मिलेर चुनौतीको सामना गर्न र अहिलेको संकटबाट मुलुकलाई पार लगाउन आग्रह गरेका थिए। त्यसमा लामिछाने सकारात्मक रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यता रास्वपाले सरकारलाई दिएको समर्थन कायम राख्ने कि नराख्ने भन्नेबारे छलफल गर्न सोमबार ११ बजे पार्टी केन्द्रीय समितिको बैठक बोलाएको छ। यस्तै रास्पाको संसदीय दलको बैठक सोमबार दिउँसो तीन बजे बस्दै छ। उक्त बैठकले सरकारको विषयमा निर्णय गर्ने बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार