काठमाडौँ । भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किने भएका छन् । नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा ११ दिनको उपचारपछि राष्ट्रपति पौडेल आज डिर्चाज भएर स्वदेश फर्किन लागेका हुन् ।
राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा सुरेश चालिसेका अनुसार उनी अस्पतालबाट सिधै विमानस्थलबाट काठमाडौँ आउने कार्यक्रम छ । उनले भने, ‘आज राष्ट्रपतिज्यू स्वदेश फर्किनुहुन्छ । आज राति ८ बजे काठमाडौँ आइपुग्नुहुन्छ ।’
स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उनलाई उच्च सुरक्षासहित एम्स पुर्याइएको थियो ।
उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्राडा अनन्त मोहन र आईसीयू विज्ञ डा। पुनीत मिश्रको टोली संलग्न रहेको छ । शनिबार नेपाली राजदूतावासले प्रेस विज्ञप्ति जारी राष्ट्रपति पौडेल आज डिस्चार्ज हुने जनाएको थियो ।
नेपालमा उपचार सम्भव हुँदाहुँदै राष्ट्रपति पौडेलको भारतमा उपचार, भाडामात्रै ६५ लाख खर्च