बहिर्गमित हुँदा १० हजार रुपैयाँबाहेक केही नपाएको बहिर्गमित जनमुक्ति सेनाको गुनासो

'रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई चेतावनी'

काठमाडौँ – बहिर्गमित जनमुक्ति सेना, नेपालले रकम दिएर पन्छाउने कार्य नगर्न सरकारलाई अनुरोध गरेको छ। सरकारले जनही २ लाख रुपैयाँको दरले रकम निकासा गराउने लागिरहेको बेला बर्हिगमित जनमुक्ति सेना नेपालले भने उत्पादनशील क्षेत्रमा जोडिदिन आग्रह गरेको हो।

‘सरकारलाई हामीले सुरुदेखि नै ‘पूर्व बाल सेना’ को दीर्घकालीन रूपमा नै समस्या सम्बोधन गर्न तथा जीविकोपार्जनका लागि उत्पादनशील क्षेत्रमा सहभागिता गराउन भन्दै आएको छौँ,’ अध्यक्ष लेनिन विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अतः हामीलाई रकम मात्रै दिएर पन्छाउने होइन, उत्पादनशील क्षेत्रमा जोडिदिन अनुरोध गर्दछौँ।’

विष्टद्वारा जारी विज्ञप्ति अनुसार बर्हिगमित सेनालाई जम्मा बाटो खर्च स्वरूप १० हजार तथा एउटा झोला मात्रै दिएर क्यान्टोन्मेन्टबाट बाहिर पठाइएको थियो। सो रकम बाहेक अहिलेसम्म कुनै रकम नपाएको विज्ञप्तिमा उल्लेख छ।

२०६९ सालदेखि नै बाल सेनालाई रकम दिने भनेर निर्णय पटक पटक भए पनि अझैसम्म नपाएको उनीहरूको गुनासो छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार