कुवेतविरूद्ध करण केसीले लिए पाँच विकेट

एसिसी प्रिमियर कप क्रिकेट अन्तर्गत कुवेतविरूद्धको सेमिफाइनल खेलमा करण केसीले पाँच विकेट लिएका छन् । नेपाललाई तीव्र गतिका बलर केसीले पहिलो ओभरको पाँचौं बलमा पहिलो सफलता दिलाएका थिए । ओपनर आदनान इद्रिस एज लागेर विकेटकिपर आसिफ शेखबाट क्याच आउट भए ।

त्यसपछि बलिङ गर्न आएका सोमपाल कामीले पर्विन्दर कुमारको विकेट लिएका हुन्। उनको एलबिडब्लुमार्फत विकेट लिइएको हो।  तेस्रो ओभरमा बलिङ गर्न आएका करण केसीले फेरि अर्को विकेट लिएका हुन्। उनले मिट भास्वरलाई ललित राजवंशीबाट क्याच गराए।

करण केसीले छैटौं ओभर सिराज खानको चौथो विकेट लिएका थिए। त्यस्तै आठौं ओभरमा मोहम्मद आस्लमको पाँचौं विकेट लिएका हुन्।

जितको लागि २ सय ८१ रनको विशाल विजयी लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाउँदा खेल वर्षाको कारण रोकिएको छ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले टस हारेर ब्याटिङ गरेको नेपालले कुवेत सामु २८१ लक्ष्य प्रस्तुत गरेको थियो। त्यसमा डिएलएस मेथडबाट २८१ रन लक्ष्य राखिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार