बाढी-पहिरोको क्षतिप्रति पूर्वराजा शाहद्धारा दु:ख व्यक्त

पूर्वराजा ज्ञानेन्द्र शाहले महामारी र विपद्को सबै मिलेर यसको न्यूनीकरणमा लाग्नु पर्ने बताएका छन्। पूर्वराजा शाहले बाढीपहिरो लगायत प्राकृतिक विपत्तिले मुलुकमा पुर्‍याएको क्षतिप्रति दु ख व्यक्त गरेका छन्।

देश कोरोना महामारीमा रहेको समयमा फेरि बाढी, पहिरो, नदी कटान जस्ता प्राकृतिक विपत्ति आइपरेको भन्दै उनले दुख व्यक्त गरे। “हिमाल, पहाड र तराईका धेरै जिल्लामा कतिपय जनधन तथा भौतिक निर्माणमा क्षति भएको एवं ग्रामीण तथा शहरी वस्तिका बासिन्दाहरूको उठिबास भएको सुन्दा हामी दुस्खी छौ”, पूर्व राजा शाहले विज्ञप्ति जारी गर्दै भनेका छन्।

यस्तै कोरोनाले आक्रान्त भइरहेको समयमा बाढी पहिरो नदी कटान जस्ता विपत्ति आइपरेको भन्दै पूर्व राजाले यसको सबैले मिलेर सामना गर्न आग्रह गरेका छन्।

पूर्वराजा शाहले विज्ञप्ती निकाल्दै सरकारलाई उद्धार र राहतको प्रभावकारी व्यवस्थापन गर्न आग्रह गरेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार