इञ्जिन फेल भएको फलाई दुबईको जहाज नेपालगंजको आकाशमा

काठमाडौंबाट दुबईका लागि उडेको इञ्जिन फेल भएको जहाज काठमाडौंमा आकष्मिक अवतरणको प्रयास सफल नभएपछि भारततर्फ लागेको छ । बिमानस्थलबाट टेकअफ लगत्तै आगोको मुस्लोसहित ठुलो बिष्फोटको आवाज आएको बिमानको एउटा इञ्जिन फेल भएपछि धार्केको आकाशबाट र्फिर्कएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै आकष्मिक अवतरण गर्ने तयारी थियो । तर बिमान अहिले नेपालगंजमा आकाशमा पुगेको छ ।

उक्त बिमान अहिले भारततर्फ लागेकाले उतै अवतरण गर्ने सम्भावना छ । जानकारहरु एउटा इञ्जिन फेल भएको बिमान झण्डै ४ घण्टासम्म सिंगल इञ्जिनमा उड्न सक्ने भएकाले यसलाई सुरक्षित अवतरण गर्न सकिने बताउँछन । तर, फलाई दुबईको उक्त बिमानबाट बिष्फोटको आवाजसहित आगोको मुस्लो समेत देखिएकाले यसलाई जोखिमपूर्ण मानिने उनिहरुको भनाई छ ।

आगोको मुस्लो देखिएपछि इञ्जिन फेल भएको जानकारी टावरलाई दिएको उक्त बिमान ‘डेस्टिनेसनमै जान खोजेको जस्तो देखिन्छ, समस्या भएपनि अवतरण गर्ने पाइलटले बताएका छैनन्’, एक अधिकारीले भने, ‘पाइलटले वी विल कन्टिन्यू भनेका छन् ।’

ती अधिकारीका अनुसार पाइलटले विमान भारतमा अवतरण गर्नसक्छन् । ‘दुबई उडान गर्ने जोखिम पाइलटले नलिनसक्छन्, भारतमा मर्मतका लागि सुविधासँगै सहजता हुने भएकाले त्यो निर्णय लिएको हुनसक्छ’, ती अधिकारीले बताएका छन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार