पोखरा । तनहुँ–१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता कायमै लिएका छन् । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत हिजो सम्पन्न भएको उपनिर्वाचनको मतगणना जारी रहँदा समकक्षी भन्दा दोब्बर मतले वाग्ले अगाडी रहेका हुन ।
पछिल्लो मतपरिणाम अुसार वाग्लेले ५ हजार ९ सय मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २ हजार ६ सय ८७ मत पाएका छन ।
तेस्रो प्रतिस्पर्धीको रुपमा देखिएका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १ हजार ६५७ मत पाएका छन् । बारा र चितवनमा मतगणना सुरु हुन नसके पनि तनहुँ–१ मा भने हिजो राती देखी मतगणना सुरु गरिएको थियो ।