पठाओले यात्रु ठगेको गुनासो बढ्न थालेपछि नियमक निकायको चासो

ट्राफिक प्रहरी भन्छ पठाओ तत्काल बन्द हुदैन तर सडकमा यात्रु ढुकेर बसे कारबाही हुन्छ

शेयर राईडिङको सेवामार्फत लोकप्रिय बन्दै गईरहेको पठाओ फेरि विवादमा आएको छ । महंगो ट्याक्सी भाडा तिर्न नसक्ने र सार्वजनिक सवारीको चापले आजित यात्रुका लागि सेवा दिदै आएको पठाओको सेवा बन्द हुने सम्मका हल्ला अहिले बजारमा चल्न थालेका छन । यसका कारण पनि सिण्डिकेट नै हो ।

ट्याक्सी चालकले यात्रुको समस्याका आधारमा बार्गेनिङ गरेर चर्को भाडा असुल्ने प्रवृतिका विरुद्ध पठाओ सहज माध्ययमका रुपमा स्थपित भयो । तर यो सेवामा पनि बार्गेनिङ हुन थलेपछि यसबाट यात्रुमात्रै समस्या परेका छैनन । पठाओले बिस्थपित गर्ने अवस्थामा पुगेका ट्याक्सी चालकसमेत आक्रोशित बन्नुपर्ने अवस्था अहिले सिर्जना भएको छ । यसैको दृष्टान्त हुन ट्याक्सी चालक र पठाओबीच विभिन्न स्थानमा भएका विवादका घटना । गोगंबुमा सोमबार साँझ आफुले लैजान थालेको यात्रु पठाओले खोसेको भन्दै शुरु भएको विवाद उग्र बन्यो । यहि विवादमा पठाओले एक ट्याक्सी चालकमाथि हातपात समेत गरे । तर, यो विवाद यसै रोकिएन चालकमाथी हातपात भएको विरोधमा सो क्षेत्रका ट्याक्सी चालकहरु सडकमै ट्याक्सी तेर्साएर आन्दोलनमा उत्रिए ।

प्रहरीले आन्दोलनमा उत्रिएका ट्याक्सी चालकलाई तितरबितर पार्न बल प्रयोग गर्दा केहि चालक घाईते समेत बनेका छन । यो विवाद यतिमै रोकिएन प्रहरीले बसपार्कबाट तितरवितर पारेका ट्याक्सी चालकहरु थप आक्रोशित बने र अहिले विभिन्न चोक चोकमा बसेर पठाओ चालकलाई हप्की दप्की मात्रै होईन कतिपय स्थानमा आक्रमण गर्नेसम्मको अवस्था देखिएको छ ।

यो घटनापछि पठाओ राइडरमाथि कुटपिट भएको भन्दै कम्पनीले सुरक्षा माग गरेको छ  । तर यो विवाद नयाँ भने होइन ।
त्यसो त कानुनी बैधानिकतामाथी प्रश्न उठिरहेको पठाओ यात्रु तानातान र विवादको अवस्था सम्म आईंपुग्नुलाई सामान्य होइन । त्यसबाहेक एक्लै यात्रुको सेवामा हिड्नुपर्ने पठाओ राईडर यसरी नै विवादमा मुछिदै जाने हो भने यसबाट विस्थापित हुने अवस्थामा पुगेका ट्याक्सी चालकबाट जुनसुकै बेला आक्रमण हुन सक्ने अवस्था छ ।

अर्कोतर्फ महानगरीय ट्राफिक प्रहरी महाशाखामा ट्याक्सीले जस्तै पठाओले यात्रु ठग्न थालेको भन्दै गुनासा आउने क्रम बढ्दो छ ।
गोगंबु घटनापछि यसको अनुसन्धान र नियमनका लागि ट्राफिक प्रहरी महाशाखा र अन्य नियमक निकाय चासो देखाएको छ । ‘पठाओलाई व्यवस्थित गर्नेबारे ट्याक्सी व्यवसायीसँग कुरा भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए । तर सामाजिक सञ्जाल र केहि सञ्चारमाध्ययमले भनेभैm तत्काल बन्द गर्ने विषयमा भने कहिकतै कुराकानी नभएको अधिकारीले स्पष्ट पारे । ट्याक्सी व्यवसायलाई संकटमा पारेको र पठाओबाट पनि यात्रुहरु ठगिएको भन्ने गुनासो बढेपछि यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्नेबारे महाशाखामा कुरा मात्र भएको उनले प्रस्ट्याए ।

‘ट्याक्सीवालाले पनि यात्रुसँग बढी पैसा माग्ने र नत्र जान नमान्ने गरेका गुनासा आउँथे,’ अधिकारीले भने, ‘अहिले यात्रुसँग पठाओले भाडामा बार्गेनिङ गर्न थाले भनेर गुनासा आउने गरेका छन् ।’ पठाओलाई भीड जम्मा गरेर बस्न नदिने र घरघरमा गएर यात्रुलाई सेवा दिए कुनै आपत्ति नहुने उनको भनाइ छ ।

‘प्रतिस्पर्धा गर्ने, ग्राहक खोज्दै हिँड्ने र यात्रु तानातान गर्न भने भएन, यसलाई व्यवस्थित गर्न ट्राफिक प्रहरीले ध्यान दिनेछ,’ उनले भने, ‘पठाओको वैधानिकताबारे पनि विवाद छ, बोलाएर कुरा गर्दा पनि वैधानिकता दिए जस्तो हुन्छ, त्यही भएर गल्ती गर्दा बाटैमा कारबाही गर्ने गरेका छौं ।’

पठाओको पोसाक लगाएर हिँड्न थालेपछि संगठित भए जस्तो देखिएको अधिकारीको भनाइ छ । ‘पोसाक लगाउनेहरू एकजुट भएर आन्दोलन गर्न थाले, यसलाई सिस्टमेटिक भने बनाउनुपर्छ,’ उनले भने । यता पठाओका क्षेत्रीय निर्देशक असिममानसिंह बस्न्यातले मंगलबार जारी गरेको विज्ञप्तिमा भने सेवालाई व्यवस्थित गर्न सम्बन्धित निकायसँगको छलफलअनुसार अफलाइन राइडको विकृति निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन तत्कालका लागि पठाओको प्रोटेक्टिभ गेयर ९ज्याकेट र ट्राउजरसहितका कपडा० प्रयोग गर्न नदिने निर्देशन भएको उल्लेख छ ।

सोहीअनुसार सबै राइडरले पठाओको लोगो तथा ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न अनुरोध गरिएको विज्ञप्तिमा भनिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार