हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल सुदूर पश्चिम प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आँशिक देखी सामान्यतया बदली रही देशका बाँकी भू–भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।
दिउँसो देशका सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत अन्य पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ । तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।
राती भने देशका पहाडी भू–भागमा आंशिक देखी सामान्यतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखी मौसम सामान्यतया सफा रहने छ ।
पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्सहित हल्का र क्षणिक वर्षाको संभावना रहेको छ । लुम्बिनी, मधेश र कोशी प्रदेशहरूका तराईका केही स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ ।