माओवादी संसदीय दलको बैठक बस्दै

काठमाडौं– नेकपा माओवादी संसदीय दलको बैठक बस्दै छ ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मंगलबार मध्याह्न १२ बजे माओवादी संसदीय दलको बैठक बस्न लागेको हो । सो संसदीय सभापति र समिति सदस्य चयनबारे छलफल हुनेछ ।

सभामुख देवराज घिमिरेले संसद्को विषयगत समिति सदस्यका लागि सांसदको नाम दलहरूसँग मागेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार