जनार्दन शर्मालाई तेस्रोपटक कोरोना संक्रमण

काठमाडौं : नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ। पूर्वअर्थमन्त्री समेत रहेका शर्माले सामाजिक संजालमार्फत् आफूलाई तेस्रोपटक कोरोना संक्रमण भएको उल्लेख गरेका छन्।

‘कोभिड–१९ द्वारा तेस्रो पटक संक्रमित।’ शर्माले लेखेका छन्, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ।’

पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। मुलुकमा हालसम्म झन्डै ४ सय जना कोरोनाका सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार