प्रतिनिधिसभा सदस्य शर्मा अन्सारीले लिइन् शपथ

काठमाडौँ – मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

सिंहदरबारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेबाट अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् ।

सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार