लेवान्डोस्की चम्कँदा बार्सिलोनाको सानदार जित

पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सानदार जित दर्ता गरेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाले रेलिगेसन जोनको पुछारमा रहेको घरेलु टोली इल्चेमाथि ४–० को फराकिलो जित निकालेको हो । थप दुई गोल अन्सु फाती र फेरान टोरेसको नाममा रह्यो ।

बार्सिलोना सन् २०१९ यता पहिलोपल्ट लिग उपाधिको नजिक पुगेको छ । यस जितसँगै बार्सिलोनाले शीर्ष स्थानमा १५ अंकको अग्रता पनि लिएको छ । शीर्षमा बार्सिलोनाको २७ खेलबाट ७१ अंक भएको छ भने रियल म्याड्रिड ५६ अंकमा दोस्रो स्थानमा छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार