राष्ट्रपति पौडेल अस्पताल भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् ।

पेटमा समस्या देखिएपछी उनी शनिबार साँझ महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना भएका हुन् ।

राष्ट्रपति पौडेलको अवस्था अहिले सामान्य रहेको उपचारमा संलग्न एक चिकित्सकले बताए ।

राष्ट्रपति पौडेल त्रिवि शिक्षण अस्पताल भर्ना भएको र चिकित्सकको निगरानीमा राखिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

पौडेल गत फागुन २५ गते राष्ट्रपतिमा निर्वाचित भएका थिए। त्यसलगत्तै उनको स्वास्थ्य परीक्षणसमेत गरिएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार